aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

८० हजार घुस लिने सबइञ्जिनीयर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
८० हजार घुस लिने सबइञ्जिनीयर पक्राउ

हेटाैंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा  एक कर्मचारीलाई पक्राउ गरेको छ ।

सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ । 

सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ । 

आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जीनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ ।  दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि  काठमाडौँ पठाइने  आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस