
काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७० दशमलव ३९ प्रतिशत हो ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर गरिएको ३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
योसंगै मुलुकभर ३ लाख ३१ हजार ९५ जनाको पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस