aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

१४ कम्पनीद्वारा रेल विभागको ‘रेलवे–ट्रयाक’ निर्माणसम्बन्धी बोलपत्रको छनौट प्रक्रिया सच्याउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
१४ कम्पनीद्वारा रेल विभागको ‘रेलवे–ट्रयाक’ निर्माणसम्बन्धी बोलपत्रको छनौट प्रक्रिया सच्याउन माग

काठमाडौं । रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनौट प्रक्रियानै त्रुटिपूर्ण रहेको भन्दै यसलाई थथाशिघ्र संशोधन गर्न सडक निर्माणमा सक्षम विभिन्न १४ वटा निर्माण कम्पनीहरुले माग गरेका छन् । 

बिहीबार एक कार्यक्रममा कान्छराम कन्स्ट्रक्शन कम्पनी, वज्रगुरु कन्स्ट्रक्शन, रायमाझी कन्स्ट्रक्शन, अमर कन्स्ट्रक्शन, याकथुम्हाङ्ग कन्स्ट्रक्शन, थोदोङ्ग कन्स्ट्रक्शन, हिम सगरमाथा कन्स्ट्रक्शन, महालक्ष्मी कन्स्ट्रक्शन, सपना कन्स्ट्रक्सन, गौरी पार्वती कन्स्ट्रक्सन, भूमी ईन्फ्रास्ट्रक्चर, वल्र्ड वाईड कन्स्ट्रक्सन, आजाद कन्स्ट्रक्सन र किराँतेश्वर कन्स्ट्रक्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त बोलपत्रको क्राईट–एरिया अविलम्ब सच्याउन माग गरेका हुन् ।

उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि स्पेसिफिक कन्स्ट्रक्सन एक्सपेरियन्स ः कन्ट्रयाक्ट्स अफ सिमिलर साईज एण्ड नेचर र एक्सपेरियन्स ईन कि एक्टिभिटिज यी दुई कुराको खास परिभाषा गरिदिनुपर्नेपनि माग गरेका छन् । 

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आफूहरुले यसअघि नै यस सम्बन्धमा स्पष्ट पारिदिन आग्रह गरिसकेको तर उक्त कार्यालयले अहिलेसम्म कुनै सुनुवाई नगरेको पनि उनीहरुको गुनासो छ ।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै कान्छाराम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक पूर्ण बहादुर तामाङले यसमा ठूलो चलखेल भएको आरोप लगाउँदै यस्ता विकृति नरोकिए विगतको जस्तै ईतिहास बढ्ने र अपराध बढ्नेतर्फ सचेत गराए । 

उनले आफूहरु कोहीपनि व्यवसायीहरु सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारसमक्ष माग समेत गरे । उनले विगतमा आफूहरुको रोडको सर्टिफिकटले क्वालिफाई भएको तर काम चाहीँ नपाएको सुनाए । तर, अहिले सर्टिफिकेट रोड मान्य हुने भनियो तर काम चाहीँ रेलको ट्रयाकमै गरेको हुनुपर्ने प्रावधान राख्नु गलत नियत भएको उनको आरोप छ । 

हिम सगरथामा कन्स्ट्रक्सन प्रा.ली.का प्रवन्ध निर्देशक सूर्य प्रसाद तिमिल्सिनाले सडकको प्रमाणपत्रलाई मान्ने हो भने सडककै ईनबैंकमेन्ट फिलिङलाई पनि मान्यता दिनुपर्ने माग गरे । उनले भने,‘यसअघिका दुई पटकका ठेक्कामा यसलाई मान्यता दिईएको थियो । यदि रेलवेकै ट्रयाक ईनबैंकमेन्टको कामलाई मान्यता दिने हो भने माथि उस्तै प्रकृतिको कार्यपनि रेलवै ट्रयाकै हुनुपर्छ । यसरी विरोधाभाष हुनुभएन् ।’

कार्यक्रममा याकथुम्हाङ्ग कन्स्ट्रक्शनका प्रवन्ध निर्देशक तेज कुमार कुरुभ्वाङ्गले सडकको कामको प्रमाणपत्र मान्य भएपछि सडककै काम गरेको कि एक्टिभिटिलाई नै मान्यता दिईनुपर्ने स्पष्ट पारेका थिए । वज्रगुरु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाले रेल विभाग र सिमित व्यवसायीहरुले चलखेल बढि गरेको र रेलवेको कामलाई नै अवरुद्ध पार्न खोजेको देखिएको टिप्पणी गरे । 

रायमाझी कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक भरतजंग रायमाझीले सिमित कम्पनीलाई मात्रै हुनेगरि बोलपत्र आह्वान गरिएको आरोप लगाउँदै त्रुटिहरु तत्काल सच्याउन माग गरे । 
 

प्रतिक्रिया दिनुहोस