aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

फोन गर्दा किन अरु ब्यक्तिले उठाउँछ ? यस्ताे रहेछ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
फोन गर्दा किन अरु ब्यक्तिले उठाउँछ ? यस्ताे रहेछ कारण

काठमाडाैं । नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनीका सिमकार्डहरुमा फोन गर्दा कुनै बेला अन्य ब्यक्तिले नै फोन उठाएर हैरान त पर्नु भएको छैन ? यो त मेरै फोन नं. हो अस्ति भर्खर नयाँ सिम निकालेको भन्ने त सुन्नु भएको छैन ? पक्कै पनि सुन्नु भएको होला ।

किन भने टेलिफोन सेवा प्रदायक कम्पनीहरुले आजिबनको लागि सिमकार्ड बिक्रि गरिएको हुँदैन । सिम कार्ड किन्ने बलामा नै सर्त र सम्झौताका आधारमा प्रयोग कर्तालाई सिमकार्ड जारि गरिएको हुन्छ । 

कुनै पनि पनि सिमकार्ड कुनै पनि प्रयोगकर्ताले बिन शर्त प्रयोग गर्न पाउँदैन। हामीले सिम किन्दा नै टेलिकम कम्पनीले केही शर्त तोकेको हुन्छ । त्यही आधारमा सिमको प्रयोग गर्ने वा आफूसँग अधिनमा रहने मिति तय हुन्छ। यसमा विभिन्न टेलिकम कम्पनीका आफ्नै नियम हुन्छन् ।

सिमको प्रयोग गर्ने अवधि, स्वामित्वको निरन्तरताका त्यस्ता नियम फरक हुन्छन्। नेपाल टेलिकमका पनि आफ्नै नियम छन् । नेपाल टेलिकमले यस्ता नियमका बारेमा एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।

प्रिपेड सिमकार्ड

नेपाल टेलिकमका सिमकार्डको अवधि र स्वामित्वको निरन्तरताको एक मुख्य आधार भनेको ब्यालेन्स हो। कुनै पनि ग्राहकले सिम किन्नेवित्तिकै ८१४१४३ मा डायल बिक्ल्पहरु छनौट गरेर सुरु गर्न सक्छन् ।

यसरी नयाँ सिम सक्रिय भएपछि १८० दिन अर्थात् ६ महिनासम्म अविच्छिन सञ्चालन हुन्छ। यो अवधिमा १ रुपैयाँ रिचार्ज नगरेपनि सिमको म्याद रहन्छ ।

त्यसपछि भने सिम सक्रिय राख्नका लागि रिचार्ज गर्नुपर्छ। जसमा ५० रुपैयाँ रिचार्ज गर्दा ३० दिन,१०० रुपैयाँ गर्दा ६० दिन, ५०० रुपैयाँ रिचार्ज गर्दा एक वर्ष र हजार रुपैयाँ रिचार्ज गर्दा दुई वर्ष सिमको आयु थपिन्छ ।

सिमकार्डमा एकरुपैयाँ पनि ब्यालेन्स नभएको र सिमको आयु पनि सकिएपछि पनि कल आउछ। तर यस्तो समय ३० दिनमात्र हुन्छ। ३० दिनपछि पनि रिचार्ज नगरेको खण्डमा सिममा कल आउने र जाने सुविधा बन्द हुन्छ। यसरी सेवा बन्द भएपछि पनि सिमको स्वामित्व ३० दिनसम्म कायमै हुन्छ। सबै सेवा बन्द भएको ३० दिनभित्र पनि रिचार्ज नगरेपछि सिम फ्रोजन हुन्छ। यस्तो भएपमा सिममाथिको स्वामित्व पनि गुम्छ। यसरी स्वामित्व गुमेको नम्बर कम्पनीले अरु कसैलाई पनि दिनसक्छ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिनसक्छ। यस्तो भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुन्छ। यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र रिचार्ज गरेपछि रकम पुरानोसमेत जोडिएर आउछ तर सिमको म्याद भने नयाँ रिचार्जअनुसारमात्र थपिन्छ।

पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी ९आगमन मात्र हुने, बाह्यगमन नहुने० हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि क्यौता भुक्तानी गरिएन भने दुईतर्फी ९आगमन र बाह्यगमन० सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ। फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत) जानकारी गराउनु पर्छ ।यो अवधिमा भुक्तानी नगरेमा सिम टर्मिनेट हुन्छ।

यसरी टर्मिनेट भएको १८० दिनसम्म कम्पनीले सिमको स्वामित्व अर्कालाई दिंदैन। सिम रिसाइकल प्रक्रियामा जानका लागि १८० दिनको समय राखिएको हुन्छ। जब १८० दिन पार हुन्छ र योबीचमा सम्बन्धित ग्राहकले क्लेम गरेमा तोकिएको शुल्क तिरेर त्यही नम्बर लिने सुविधा हुन्छ ।

तर १८० दिनभित्र पनि सिम नलिएको खण्डमा कम्पनीले त्यो सिमलाई रिसाइकलमा हाल्छ। जुनसुकै ग्राहकलाई दिनसक्छ । विदेशबाट सेवा प्रयोग गर्न सकिने अवधि थप गर्नसकिन्छ

विदेश जाँदा सँगै लिएको सिम चल्तीमा हुँदैन। यस्तो अवस्थामा पनि सिमको आयु थप्न सकिन्छ। टेलिकमले विदेशबाटै पनि विभिन्न माध्यमबाट रिचार्ज गरेर अवधि थप गर्न सकिने जानकारी दिएको छ। 
 

प्रतिक्रिया दिनुहोस