aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अस्पतालका कम्प्युटर अपरेटरसँग १६ लाख स्रोत नखुलेको रकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
अस्पतालका कम्प्युटर अपरेटरसँग १६ लाख स्रोत नखुलेको रकम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । 

आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । 

खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस