aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ, तनाव अझ गहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ, तनाव अझ गहिरियो

एजेन्सी।  संयुक्त राज्य अमेरिकाले  भिसा जालसाजी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।  त्यहाँको प्रशासनले चौथो चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी गरिएको बताएको छ।

बिबिसीले समाचारमा जनाए अनुसार चौथो व्यक्ति एक महिला हुन् जो सन् फ्रान्सिस्कोमा चिनियाँ वाणिज्य दूतावासमा रहेकी छिन्।

अमेरिकी न्याय विभागका अनुसार पक्राउ गरिएको चिनियाँ नागरिकले चिनियाँ सेनाको सदस्य भएको झूट विवरण दिएका छन् । अमेरिकी एजेन्सी एफबीआईले अमेरिकाका २५ वटा सहरहरूमा चिनियाँ सेनासँग 'सम्बन्ध' रहेको भन्ने आशङ्कामा सोधपुछ गरेको बताइएको छ।

अमेरिकी वकिलहरूका अनुसार यो चिनियाँ योजनाको एक हिस्सा हो जस अन्तर्गत चीनले आफ्ना सेनाका वैज्ञानिकहरूलाई गुप्त रूपमा अमेरिका पठाउँदछ। यसअघि अमेरिकाले आफ्नो देशमा रहेको एक चिनियाँ वाणिज्य दूत कार्यालय बन्द गर्ने आदेश दिइसकेको छ।  अमेरिकाको पछिल्लो कदमले गहिरिँदै गएको चीन-अमेरिका कटुतामा अझ सङ्कट थप्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस