aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘मूल्य होइन ब्रान्ड हेर्नुस्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७

चौधरी ग्रुप (सिजी) नेपालमा घरायसी विद्युतीय समानहरू बिक्री गर्ने स्थापित व्यापारिक संस्था हो । यसले धेरै अन्तर्राष्ट्रिय ब्रान्डको समेत नेपालमा बजारीकरण गर्दै आएको छ । जसमध्ये एक हो, गोदरेज । नेपाली बजारमा अलग पहिचान र बलियो विश्वास बनाउन सफल यो ब्रान्डका धेरै घरायसी इलेक्ट्रोनिक उपकरणहरू सिजीले बिक्री गर्दै आएको छ । यही गोदरेज ब्रान्डका असिस्टेन्ट जेनेरल म्यानेजर शैलेन्द्र झाले आर्थिकन्युज डटकमसँग गोदरेजका विशेषता र नेपाली बजारमा यसको उपस्थितिबारे कुरा गरेका छन् । प्रस्तुत छ, झासँग गरिएको कुराकानीको  सम्पादित अंशः
 
हामी गोदरेज भन्छौँ नि खास के हो गोदरेज ? 
यो एक मल्टिनेशनल ब्रान्ड हो । यो धेरै पुरानो ब्रान्ड हो । नेपालमै अ आएको पनि लगभग दुई दशक भइसक्यो । चौधरी ग्रुपले नै यो बब्राण्ड लिएको पनि एक दशक पुरा भयो । 

कस्तो छ यसको बजार स्थिति ? 
हामी राम्रो ग्रोथमा छौँ । लगभग २० प्रतिशतको वृद्धि निरन्तर छ । कहिलेकाहीँ त ३० प्रतिशत सम्मको वृद्धि भएको छ । पहिले सीमित वस्तु मात्र थिए । अहिले गोदरेजका माइकोवयब देखि वासिङ मेसिन सम्म हामी बेच्दै आएका छौँ । नेपालमा ब्रान्ड कै कुरा गर्ने हो भने हामी तेस्रो स्थितिमा आइपुगेका छौँ । 

समग्रमा भन्नुपर्दा ब्रान्डको हिसाबले यसको फास्ट मोभिङ्ग ग्रोथ भएको छ । यसको भविष्य पनि हामीले राम्रो देखेका छौँ । यसका सबै प्रोडक्टहरुको फूलसेग्मेन्टमा काम गरेका कारण ब्रमण्ड ग्रोथ गर्न सहज पनि बनेको छ । 

गोदरेजको यो ग्रोथ के कारणले सम्भव भयो ? 
हामीले नेपाली बजारमा रेफ्रिजेनेटरमा १० वर्षको वारेन्टी गोदरेजबाट नै शुरु गरेका हौँ । यस्ता धेरै कारणहरू छन् । जसले गर्दा गोदरेजलाई नेपालको एक स्थापित बन्न सहयोग पुग्यो । 

आम मानिसले गोदरेज नै किन प्रयोग गर्ने ? 
ब्रान्ड भनेको मानिसको विश्वास हो । तर, त्यतिले मात्र पुग्दैन । वस्तु बेचिसकेपछि पनि विक्रेताले कस्तो सेवा दिइरहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपालको स्थापित चौधरी ग्रुपले यसको बिक्री वितरण गरिरहेको कारण पनि मानिसहरूमा विश्वास बढेको हो । 

चौधरी ग्रुपले बिक्री गरेको वस्तुमा ग्रामीण भेगमा समेत सेवा पाइन्छ भन्ने विश्वास स्थापित छ । ग्राहकले कुनै गुनासो गर्दा त्यसको समयमै सुनुवाइ हुने व्यवस्था मिलाएका छौँ । काठमाडौं उपत्यकाको हकमा २४ घण्टा भित्र सेवा दिने व्यवस्था मिलाएका छौँ । यदि लकडाउन भएको थिएन भने यस बेलासम्म प्रमुख सहरहरूमा यस्तो सुविधा पुर्‍याइसकेका हुन्थ्यौँ । 

यी सबै कुराले ग्राहकहरूलाई विश्वास दिलाउँछ । उनीहरू समयमै सेवा पाउँछु भन्ने कुरामा विश्वस्त हुन सक्छन् । 

तर, ब्राण्डेड समानहरू महँगो हुन्छ भन्छन् नि ? 
हो, थोरै फरक पर्ला । तर, समान खरिद गरिसकेपछि पाइने सुविधा भने कम मूल्यका नन ब्राण्डेड वस्तुहरूमा पाइँदैन । यस्ता घरायसी वस्तुहरू एक पटक खरिद गरिसकेपछि कम्तीमा ८/१० वर्ष प्रयोग गरिन्छ । यदि त्यो बिचमा कुनै स्पेयर पार्टस प्राप्त गर्न सकिएन भने समस्या हुन्छ । यदि तपाइले ब्राण्डेड वस्तु खरिद गर्नु भएको छ भने त्यो समस्या हुँदैन ।
 
गोदरेजका उत्पादन र अन्य उत्पादन बिच खास फरक के हो ?
पहिलो कुरा त विश्वसनीयता हो । हाम्रा ग्राहक र डिलरले नै महसुस गर्ने कुरा के हो भने वस्तु बिक्री पछिको सेवा हो । हाम्रा डिलरहरू कम्पनीले सेवा निरन्तर दिइरहन्छ भन्ने कुरामा निश्चिन्त छन् । जब डिलरमा कन्फिडेन्स हुन्छ अनि मात्र समान बिक्री गर्न सक्छ । 

हामीले नै बिक्री गरिरहेको टिसिएल, सिजि, एलजी लगायतका ब्रान्डहरू पनि किन बजारमा सहज बिक्री भइरहेका छन् भने हाम्रा डिलरहरू त उत्पादन बेच्न हिचकिचाउँदैनन् । हाम्रो पछाडि एउटा बलियो कम्पनी छ भन्ने विश्वास उनीहरूमा छ ।
 
ग्राहकलाई के सल्लाह दिन चाहानु हुन्छ ? 
महत्त्वपूर्ण सल्लाह चाहिँ यो हो की कुनै पनि इलोक्ट्रोनिक समानहरू बाहिरबाट खरिद गरेर नल्याउनु होस् । भन्सारमा पाइने दुख देखि पछि सेवा प्राप्त गर्न नसकिने झन्झटसमेत भोग्नुपर्ने हुन्छ । यसो किन भनिएको हो भने विदेशबाट ल्याइएको वस्तुको मोडेल नेपालमा उपलब्ध नै नहुन सक्छ । जसले गर्दा एउटा सामान्य समान बिग्रँदा पनि त्यो वस्तु नै थन्क्याएर नयाँ किन्नुपर्ने हुनसक्छ । 

तर, विदेशबाट ल्याउँदा सस्तो पर्छ नि ?
निश्चित रूपमा सस्तो पर्न सक्छ । किनकि हरेक वस्तुको मुलुक नै पिच्छे मूल्य फरक फरक हुन्छ । तर, कुनै एउटा समान बिग्रिएर फेर्नु पर्‍यो भने त्यो अति नै महँगो पर्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस