
वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस महामारीको त्रासका कारण बिहीबार गर्ने भनिएको चुनावी सभा स्थगित गरेका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको चुनावी सभा गर्दैआएका छन् । तर फ्लोरिडामा पूर्वनियोजित सभा त्यस क्षेत्रमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित गरिएको हो ।
यससँगै ट्रम्पले अर्को आगामी महिना ज्याक्सनभिल्लेमा गर्ने भनिएको सभा पनि स्थगित गरेको जानकारी दिएका छन् । यस्तो संकटको बेला भेला आयोजना गर्नु उपयुक्त नभएको भन्दै राष्ट्रपति ट्रम्पले सभा स्थगित गरेको जनाए । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ४० लाख भन्दा बढी पुगिसकेको छ । साथै डेढलाख जतिको मृत्यु भइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस