काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका २०७१ को दफा १२ अनुसार कम्पनीले नगद तथा बोनस लाभांश वितरण नगर्ने भएको छ। उक्त निर्देशिका अनुसार 'पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने' व्यवस्था छ।
त्यस अनुसार, आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई नगद तथा बोनस शेयर वितरण नगर्ने कम्पनीले जनाएको छ।
कम्पनी स्थापना भएको पाँच वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने व्यवस्था अनुसार अर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीका सचिव विष्णु प्रसाद उपाध्यले मेरो लगानीलाई जानकारी गराए ।
२०७१ सालमा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्ममा ५ पुरा गरिसकेको छ।त्यसैले, आर्थिक वर्ष २०७६/७७ देखि भने कम्पनीको वित्तीय अवस्था र सञ्चालक समितिको निर्णय अनुसार लाभांश वितरण गर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस