aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको रकमसहित डिभिजन प्रमुख पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
स्रोत नखुलेको रकमसहित डिभिजन प्रमुख पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो । घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा२झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो । 

आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ लमजुङका इञ्जिनीयर भूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इञ्जिनीयर टीकाप्रसाद गुरुङलाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आठ जना लाभग्राहीको भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकम विभिन्न बाहानामा जनही रु ५० हजारका दरले रु चार लाख घुस लिएको पाइएको छ । आयोगको पोखरा कार्यालयबाट गएको टोलीले उनीहरुलाई बेंसीशहरबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस