aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकको आदेश विरुद्ध चीनको आदेश, अमेरिकी वाणिज्य दूतावास बन्द

  • एएफपी
    एएफपी
  • शुक्रबार, ०९ साउन २०७७
अमेरिकको आदेश विरुद्ध चीनको आदेश, अमेरिकी वाणिज्य दूतावास बन्द

चेन्दू । चीनले शुक्रबार दक्षिणपश्चिमी शहर चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्न भनेको छ । संयुक्त राज्य अमेरिकामा रहेको चीनको एउटा नियोगलाई प्रतिबन्ध गर्ने अमेरिकी निर्णयको बदलामा अमेरिकी बाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । अमेरिका र चीनबीचको शीत युद्द शैलीको कूटनीतिक व्यवहारले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखिएको छ ।

उक्त बन्दको घोषणा केही उच्च अमेरिकी अधिकारीहरूले चीनको ‘कडा व्यवहार’बारे दिएको चेतावनी र चिनियाँ नागरिकलाई संयुक्त राज्य अमेरिकामा विभिन्न विषयमा अभियोग लगाइएपछि भएको हो ।

चीनको परराष्ट्रमन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई सञ्चालन रोक्न आदेश गर्नु ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यवाहारिक कदमहरुका लागि वैधानिक र आवश्यक प्रतिक्रिया’ हो ।” 

विज्ञप्तिमा भनिएको छ, “चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्था चीनले हेर्न चाहेको होइन र अमेरिका यी सबैका लागि जिम्मेवार छ ।” बाणिज्यदूतावास बन्द गर्ने निर्णय अमेरिकाले ह्युस्टन शहरमा रहेको चिनियाँ बाणिज्य दूतावासलाई शुक्रबारभित्र बन्द गर्न दिएको आदेशको बदलामा लिइएको कदम भएको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूसँग भने, “केही वाणिज्य दूतावासका कर्मचारीहरू ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका गतिविधि’हरूमा सम्लग्न थिए । उनीहरूको गतिविधिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको ठहर गर्दै उनीहरूका कारण चीनको सुरक्षा र हितलाई खतरामा पारेको देखिएको छ ।”

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यसै हप्ता ह्युस्टनस्थित चिनियाँ नियोग ‘जासूसी र बौद्धिक सम्पत्तिको चोरी’ गर्न उद्दत बनेको दावी गगरेका थिए ।

प्रतिक्रिया दिनुहोस