aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लकडाउन अवधिमा नै २ हजार २१८ जनाले किन गरे आत्महत्या ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० साउन २०७७
लकडाउन अवधिमा नै २ हजार २१८ जनाले किन गरे आत्महत्या ?

काठमाडौं । चैतदेखि साउन ४ गतेसम्ममा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार १ हजार १ सय २ जना पुरुष, ८ सय ११ जना महिला, ९४ जना बालक र १ सय ४१ जना बालिका रहेका छन् । 

त्यस्तै, विष सेवन गरेर ३ यस ४६, आगो लगाएर  ४ जना, झुण्डिएर १ हजार ८ सय २८ जना, औजार हातहतियारबाट ८ जना, हाम फालेर १९ जना, करेन्ट लगाएर १ जना, डुबेर १२ जनाले आत्महत्या गरेका छन् । 

यसमा प्रहरीमा मुद्दा गर्नेहरुको संख्या पनि २ हजार २ सय २ जनाका आफ्न्तले मुद्दा दर्ता गरेका छन् । गत वर्षको सोहि अविधिमा यस्ता घटनाका २ हजार २ सय ६७ वटा थिए । मैतिदेवीमा एक जना ३२ वर्षे पुरुष जो होटल व्यवसायी गर्थे उनले लकडाउनकै बेलामा आत्महत्या गरेका थिए । बैंकमा ऋण रहेका र होटल सञ्चालन गर्न नसक्दा आम्दानीको स्रोत नै नभएका कारणले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस