aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अबैध रुपमा हुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० साउन २०७७
अबैध रुपमा हुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गर्ने एक जना पक्राउ परेका छन् ।  राजश्‍व छली गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका ढुण्डिराज न्यौपानेलाई पक्राउ परेका हुन । 

जि.स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं ५ ताँपका हाल का.जि.का.म.न.पा. २९ सामाखुसी बस्ने गण्डकी ईन्टरप्रारईजेज,न्यूरोडका सञ्चालक हुन । बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद १९ लाख ९१ हजार रुपैयाँ र Viber मार्फत हुण्डिको कारोवार गरिएको बिवरण प्राप्त गरेको प्रहरीले जनाएको छ । 

सहित साउन ९ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धान  थालेको प्रहरीले जनाएको छ ।  थप अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस