काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित गुल्मी गाउँपालिका-४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ९ जनालाई नगद १ लाख ३ हजार ८ सय ७५ रुपैयाँ र २ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस