एजेन्सी । वर्षाको बेलामा लामखुट्टेको तनावमा नपर्ने सायद नेपाली कोहि पनि छैनन् होला । तर, के तपाईंलाई थाहा छ किन लामखुट्टेले मानिसको रगत चुस्छ ? लामखुट्टेमा मानिसको रगत पिउने बानीमा कसरी फसे वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन । वैज्ञानिकहरूले पत्ता लगाएको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । किनभने संसारमा पहिला लामखुट्टे मासिनको रगत पिउनको बानी थिएन । यो बिस्तारै परिवर्तन भएको रहेछ ।
लामखुट्टेहरूले मानिस र अन्य जनावरहरूको रगत पिउन थाले किनकि तिनीहरू सुख्खा क्षेत्रमा बस्ने गर्थे । जब मौसम सुख्खा हुन्छ र लामखुट्टेहरूले आफ्नो प्रजननको लागि पानी पाउँदैनन् तब तिनीहरूले मानव वा जनावरको रगत चुस्न थालेका हुन ।
न्यु जर्सीको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरूले अफ्रिकाको एडीज एजिप्टीको लामखुट्टे अध्ययन गरे । यी लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलाउछन। यसको कारणले नै डेंगू र पहेंलो ज्वरो पनि आउन सक्छ ।
न्यू साइन्टिस्टमा प्रकाशित प्रतिवेदनका अनुसार अफ्रिकाको लामखुट्टेमा एडीज एजिप्टी लामखुट्टेका थुप्रै प्रजातिहरू छन्। सबै प्रजातिको लामखुट्टेले रगत पिउँदैन। तिनीहरू अन्य खानेकुराहरूबाट बाँचेका हुन्छन् ।
प्रिन्स्टन युनिभर्सिटीका एक अनुसन्धानकर्ता नोआह रोजका अनुसार कसैले पनि विभिन्न प्रजाति लामखुट्टेहरूको आहारको अध्ययन गरेका छैनन् । अफ्रिका सब(सहारा क्षेत्रमा २७ स्थानहरूबाट एडीज एजिप्टी लामखुट्टे अण्डा लिएर अध्ययन गरेको उनले बताए ।
यी अण्डाहरूबाट लामखुट्टेहरू जन्मन दियौं । तब मानव, अन्य प्राणीहरू, जस्तै गिनी पिगले तिनीहरूलाई प्रयोगशालामा बन्द डिब्बहरूमा छोडिदियौं ताकि उनीहरूको रगत पिउने बानी बुझ्न सकियोस । त्यहा एडीज एजिप्टी लामखुट्टेको बिभिन्न प्रजातिहरूको लामखुट्टेको खाना पूर्ण रूपमा फरक पायौं उनले भने ।
नोआह भन्छन, यो गलत साबित भयो कि सबै लामखुट्टेहरूले रगत पिउछन । यो त्यहाँ अधिक खडेरी र तातो क्षेत्रमा पर्छ । पानी पनि कम छ । त्यस्तो क्षेत्रमा लामखुट्टेलाई प्रजननको लागि ओस चाहिन्छ । पानीको अभाव पूरा गर्न, लामखुट्टेहरूले मानिस र अन्य जीवहरूको रगत पिउन थाल्दा रहेछन् ।
मानिस वा जनवारको रगत पिउने बानी धेरै हजार बर्षमा लामखुट्टे भित्र आएको छ । एडीज एजिप्टी लामखुट्टे भने बढ्दो शहरहरूको कारणले पानीको अभाव हुँदै गएपछि संघर्ष गर्न थाले त्यसपछि तिनीहरूले मानव रगत पिउन बाध्य हुन थाले।
तर जहाँ मानिसहरू पानी भण्डार गर्छन्, त्यहाँ एनोफिलिस लामखुट्टे (मलेरिया रोग ल्याउने) सजिलै तरिकाले आउन सक्छ । तिनीहरूले आफ्नो प्रजन कूलर, गमलाहरू र क्यारीहरू जस्ता ठाउँहरूमा पैदा गर्छन् । तर, पानीको अभाव हुने बित्तिकै उनीहरूले रगत पिउन मानव वा अन्य जीवहरूमाथि आक्रमण गर्छन् ।
प्रतिक्रिया दिनुहोस