
काठमाडौं । अर्थमन्त्री र सञ्चार मन्त्रीले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । अर्थमन्त्रालयमा अपरान्ह आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन यसअघि ललितपुरको होटल हिमालयमा गर्ने भनिएपनि स्थान परिवर्तन गर्दैै अर्थमन्त्रालयमा सारिएको हो ।
यसअघि सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा होटल हिमालयमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको जनाएका थिए । त्यसको केही घण्टा नवित्दै मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनसम्बन्धी पहिलो ट्वीटर हटाउदै स्थान परिवर्तन गरेर अर्थमन्त्रालयमा राखिएको जनाएका छन् ।
यसअघि सरकारले नियमित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा प्रत्यक बिहीबार पत्रकार सम्मेलन गर्दै आएको थियो । आजको पत्रकार सम्मेलनमा सञ्चार मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय जनाकारी गराउने छन् भने अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस