aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ब्राजिलका राष्ट्रपति यसकारण छन् दंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
ब्राजिलका राष्ट्रपति यसकारण छन् दंग

एजेन्सी । कहिल्यै मास्क लगाउन नमान्ने थेतरा राष्ट्रपतिका रुपमा पहिचान बनाएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । 

अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि उनको कोरोना परीक्षणका लागि नमूना संकलन कहिले गरिएको थियो र कहिले रिपोर्ट आयो भन्ने जानकारी उनले दिएका छैनन् ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोना भाइरस संक्रमणलाई सामान्य फ्लू भन्दै बेवास्ता गर्दै आएका छन् । उनले लकडाउनलगायतका स्वास्थ्य सतर्कताका अन्य उपाय नअपनाउँदा ब्राजिल कोरोनाबाट नराम्रोसँग प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस