aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिका जाने विद्यार्थी समस्यामा, नयाँ भर्ना र अनलाइन कक्षा लिएकालाई प्रवेशमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
अमेरिका जाने विद्यार्थी समस्यामा, नयाँ भर्ना र अनलाइन कक्षा लिएकालाई प्रवेशमा रोक

कोरोना भाइरसको पेन्डेमिकलाई निहु बनाउँदै अमेरिकाले नयाँ भर्ना भएर अनलाइनबाट मात्र कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिका प्रवेश नदिने भएको छ । यो व्यवस्था नयाँ विद्यार्थीहरुका लागि मात्र लागू हुने बताइएको छ ।

अहिले अमेरिकामा रहेका विद्यार्थीहरुलाई भने यसले कुनै असर नपार्ने भएको छ । मार्च ९ भन्दा अगाडि अमेरिकाका स्कुलहरुमा भर्ना भइसकेका व्यक्तिका हकमा भने यसले कुनै असर नपार्ने अध्यागमन विभागले जनाएको छ।

आइ - २० इस्यु गर्दा यसैलाई आधार मानेर मात्र प्रकृया अगाडि बढाउन विश्वविद्यालयहरुलाई निर्देशन समेत दिइएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणसँगै अमेरिका आप्रवासी विद्यार्थीप्रति अनुदार बन्दै गएको छ। विभिन्न मुलुकसँगको हवाई यात्रा विच्छ्द लगायतका कारण आगामी शैक्षिक सत्रमा ६३ देखि ९८ प्रतिशतसम्म आप्रवासी विद्यार्थी घट्ने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस