aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडाैंमा प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
काठमाडाैंमा प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । 

प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए । 

प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिए पनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको छ ।’

सवारी व्यवस्थापन शाखामा कार्यरत हवल्दारमा कोरोना पुष्टि भएसँगै उनी रहने बस्ने ब्यारेकका १७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिइएको छ ।

स्वाब संकलन गरिएका सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस