aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

किम जोङले बोलाए आपतकालीन बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
किम जोङले बोलाए आपतकालीन बैठक

एजेन्सी । उत्तर कोरियामा पनि एक जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

आशंका गरिएका व्यक्ति दक्षिण कोरयाबाट गैर कानुनी रुपमा सीमा पार गरेर उत्तर कोरियाबाट प्रवेश गरेका हुनसक्ने उत्तर कोरियाको दावी छ । यद्यपि उनमा काेराेना संक्रमण पुष्टि भने भएकाे छैन । उनमा काेराेना सँग मिल्ने लक्षण भने देखिएकाे बताइएकाे छ ।

अहिले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो बैठक बोलाएको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै ब्रिटिश टेलिग्राफले उल्लेख गरेको छ । यसअघि उत्तर कोरियामा कुनैपनि कोरोनाको केस फेला परेका छैनन् ।

ती आशंका गरिएका व्यक्ति ३ वर्षअघि उत्तर कोरिया छाडेर दक्षिण कोरिया गएका व्यक्ति रहेको बताइएको छ । उनी महिना गैरकानुनी रुपमा सीमा पार गरेर उत्तर कोरिया फर्किएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस