aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

महाबौद्धका दुई भारतीय व्यापारीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
महाबौद्धका दुई भारतीय व्यापारीलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको महाबौद्ध गणेश मन्दिर नजिक पसल चलाउने दुई व्यापारीलाई कोरोना संक्रमण देखिएको छ । 

ती व्यापारीसँग संसर्गमा रहेका व्यक्तिहरूलाई पिसिआर परीक्षण गराउन सूचना जारी भएपछि त्यस क्षेत्रमा त्रासको स्थिति सिर्जना भएको छ ।

जारी सूचनामा गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा व्यवसाय गर्नेको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म सुरक्षाको उपाय अपनाउन अपिल गरिएको छ । 

लकडाउन खुलेसँगै मानिसहरू अत्यधिक रूपमा सडकमा निस्कन थालेका छन् । व्यापार व्यवसाय पनि पहिलेकै जस्तो सुचारु भएकाले पनि संक्रमण फैलिने सक्ने आशंका गर्न थालिएको छ । 

आइतबार मात्र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चारजना प्रहरीमा कोरोना संक्रमण देखिएकाले स्थिति भयावह बन्ने देखिएको छ । 

पछिल्लो २४ घण्टामा १ सय ३० संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो
 

पछिल्लो २४ घण्टामा मुलुकमा थप १ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस