aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नयाँ सोच तथा प्रविधिको उपयोग गरिएको व्यवसायलाई अहिलेसम्मको कर छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
नयाँ सोच तथा प्रविधिको उपयोग गरिएको व्यवसायलाई अहिलेसम्मको कर छुट

काठमाडौं । सरकारले नयाँ सोच र प्रविधिको उपयोग गरी व्यवसाय गरिरहेकाहरुलाई अहिलेसम्मको कर छुट दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा नवीनतम् सोच‚ सीप‚ उद्यमशीलता र प्रविधिको उपयोग गरी स्टार्ट अप व्यवसाय गरेका तर करको दायरामा नआएका व्यक्तिले २०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा यसअघिका कर‚ जरिवाना‚ थप दस्तुर‚ शुल्क तथा ब्याज मिनाह गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै मूल्य अभिवृद्धि करमा छ महिनासम्म मिलान नभएको कर फिर्ता पाउने व्यवस्थालाई घटाई चार महिनामा पाउने व्यवस्था गरिएको छ । साथै कटूनीतिक सुविधा प्राप्त व्यक्ति तथा निकायले सूचीकृत भएका फर्महरुबाट वस्तु तथा सेवा खरिद गरी कर फिर्ता माग गरेमा तत्काल फिर्ता दिने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस