
काठमाडौ । भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन नेपालबाट अर्बपति विनोद चौधरी दिल्ली प्रस्थान गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली गएका हुन् ।
भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनि बिहिबार बिहान नै दिल्ली प्रस्थान गरेकाे हो । भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह बिहिबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिने अध्यक्ष चौधरीलाई पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि निमन्त्रणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस