aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीनमा अमेरिकी महावाणिज्य दूतावास बन्द गर्दा यसरी बन्यो रमिता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
चीनमा अमेरिकी महावाणिज्य दूतावास बन्द गर्दा यसरी बन्यो रमिता

एजेन्सी । अमेरिकाले आफ्नो मुलुकमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि त्यसको प्रतिउत्तरमा चीनले चालेको कदम अहिले चर्चामा छ । यसक्रममा चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास सोमबारदेखि बन्द गरिएको छ । 

अमेरिकाको टेक्सास राज्य स्थित ह्युजटनमा आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा शुक्रबार चीनले छेन्दुको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो।

त्यसपछि अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने क्रममा अमेरिकीहरुले के के गर्छन भन्ने चासो लिएका चिनियाँहरूले उक्त घटनालाई निकै निकै महत्व दिएर नियालेका थिए । 

चिनियाँ समाचारपत्र साउथ चाइना मर्निङ पोष्टका अनुसार महावाणिज्य दूतावास बन्द भएको हेर्न हेनान, हुबई, सियानलगायतका प्रान्तबाट मानिसहरू छेन्दु पुगेका थिए । 

चीनले आफ्नो प्रतिद्धन्दी मुलुक अमेरिकाले सन् १९८५ मा स्थापना गरेको उक्त महावाणिज्य दूतावास बन्द गराउँदा चिनियाँ नागरिकहरु निकै हर्सित देखिएका थिए । विरलै हुने यस्तो महत्वपूर्ण घटनाको प्रत्यक्षदर्शी बन्ने लालसामा उनीहरु त्यहाँ पुगेका र सेल्फी खिच्नुका साथै राष्ट्रवादी गीत गाएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

चीनले अमेरिकालाई सो दूतावास बन्द गर्न सोमबारसम्मको डेडलाईन दिएको थियो । तर, अमेरिकीहरुले सो समय नपुग्दै दुतावास खाली गरेका थिए । यसअघि अमेरिकाले टेक्सासमा रहेको चिनियाँ दूतावास बन्द गर्न गत शुक्रबारसम्मको ७२ घण्टे अल्टिमेटम दिएको थियो । त्यस लगतै अमेरिकी अधिकारीहरुले सो दूतावासको ढोका तोड्दै गरेको तस्बिरहरु सार्वजनिक भएका थिए । 

प्रतिक्रिया दिनुहोस