aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कौडा हान्ने २३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
कौडा हान्ने २३ जना पक्राउ

पाँचथर । फिदिम नगरपालिका-१ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस