
नेपाल आयल निगमले पेट्राेलियम पदार्थको मूल्य बढाएको छ। आज बिहान १२ बजेदेखि लागूहुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ ।
निगमले पेट्रोल,डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। योसँगै पेट्रोल लिटरुको १११ रुपैयाँ र डिजेल / मट्टितेल ९८ रुपैयाँ पुगेको छ । सरकारले बजेट भाषणबाट डिजेल र पेट्राेलमा अतिरिक्त विका शुल्क लगाउने निर्णय गरेको थियो ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस