aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा थप ४७ चिनियाँ एप्समा प्रतिबन्ध, पब्जी सहित अन्य २७५ मा समेत बन्देज लाग्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
भारतमा थप ४७ चिनियाँ एप्समा प्रतिबन्ध, पब्जी सहित अन्य २७५ मा समेत बन्देज लाग्न सक्ने

एजेन्सी। भारतको केन्द्रीय सरकारले चीन विरुद्ध अर्को डिजिटल प्रतिबन्धको घोषणा गरेको छ।  चीनका ४७ वटा थप एप्सहरूलाई भारतमा प्रयोग गर्न  प्रतिबन्ध लगाइएको हो। भारतीय समाचार स्रोत पीटीआईका अनुसार यी एप्सहरूमा प्रतिबन्ध लगाउने सम्बन्धमा शुक्रवार एउटा अधिसूचना जारी गरिएको थियो। पछिल्लो सङ्ख्या समेत अहिलेसम्म १०६ चिनियाँ एप्सहरूमा  प्रतिबन्धित गरिएको छ।

मिडिया रिपोर्टका अनुसार अरू २७५ एप्सहरूमाथि राष्ट्रिय सुरक्षा र प्रयोगकर्ताको गोपनीयताको प्रश्न उठाउँदै भारत सरकारले अनुसन्धान सुरु गरेको छ। यसमा पब्जी र अलि एक्सप्रेस जस्ता एप्सहरू समेत समावेश छन् । रिपोर्टका अनुसार सरकारले अनुसन्धानका लागि यी २७५  एप्सहरू पहिचान गरेको छ। यदि राष्ट्रिय सुरक्षा वा कुनै अन्य नियम उल्लङ्घनको तथ्य यी एप्सहरूमा फेला परे भने तिनीहरू प्रतिबन्धित गर्न सक्ने देखिन्छ। चिनियाँ एप्स बाहेक भारत सरकारले त्यस्ता अन्य एप्सहरूको पनि अनुगमन गरिरहेको छ जसको चीनमा लगानी छ।

गालवान् उपत्यकामा सीमा विवाद पछि भारत सरकारले चिनियाँ एप्स माथि प्रतिबन्धित गर्‍यो। यसअघि प्रतिबन्ध लगाइएकामा छोटो भिडियो बनाउने एप्सहरू जस्तै टिकटक, वि-च्याट, यूसी ब्राउजर, यूसी न्युज आदी रहेका छन्।  यी सबै एप्सलाई राष्ट्रिय सुरक्षा विरुद्धका गतिविधिहरू गरेको भन्दै प्रतिबन्धित गरिएको थियो ।

मोदी सरकारले एप्सका लागि नयाँ कानुन समेत बनाउँदै छ। समाचारमा उल्लेख भए अनुसार धेरै सरकारी एजेन्सीहरू नयाँ कानुनको मस्यौदामा काम गरिरहेका छन्। 

भारतबाट चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउने काम सुरु भएपछि विश्वभर चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउन लागि प्रयत्न भइरहेको छ। अमेरिका र अस्ट्रेलियाले टिकटकलगायत धेरै चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउने सङ्केत देखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको विषयलाई लिएर धेरै चोटि चीनको टिप्पणी गरेका छन्।


 

प्रतिक्रिया दिनुहोस