aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जन चाहना विपरित सरकारले बजेट ल्याएको नेपाली कांग्रेसको निष्कर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
जन चाहना विपरित सरकारले बजेट ल्याएको नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताको चाहना प्रतिकूल हुने गरी सकारले बजेट ल्याएको निष्कर्ष निकालेको छ ।


संसदीय दलको आज बसेको बैठकले आर्थिक वर्ष २०७६/०७७ को बजेट विकास–निर्माणलाई तीव्रता दिन, उत्पादन बढाउन र रोजगारीको अवसर सिर्जना गर्न चुकेको भन्दै वितरणमुखी रहेको निष्कर्ष निकालेको हो । जनचाहना विपरित महत्वकांक्षी बजेट ल्याइएको भन्दै कांग्रेसले कार्यान्वयनमा आशंकासमेत गरेको छ ।

बैठकमा सदस्यहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । प्रत्यक्ष निर्वाचित सांसदका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने संसदीय दलको निर्णय छ ।


 

प्रतिक्रिया दिनुहोस