aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कुरियरकाे नाममा ठगी धन्दा गर्ने फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
कुरियरकाे नाममा ठगी धन्दा गर्ने फन्दामा

काठमाडौं । कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैलाका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ गरेको छ । 

भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलिभरी गराई दिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बेबी कार सिट मगाउने पीडितले ई-सेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराईदिने भनी ७७ हजार ७ सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।  

उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस