aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोनामुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोनामुक्त

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

‘लगातारको प्रार्थना र शुभेच्छाका लागि सबैलाई धन्यवाद । ऐश्वर्या र आरध्याको कोरोना परीक्षण नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु अब घरमै बस्नेछन् ,’ उनले ट्विटमा लेखेका छन् ।

अभिषेक र उनका बुबा अभिताभ बच्चन भने अस्पतालमै रहेका छन् ।

बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस