
काठमाडौं । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।
मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गरेका थिए ।
नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइसकेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस