
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाऊ फेरि बढाउने तयारी गरेको छ । शनिबारदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी गरेको हो ।
स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन मूल्य समायोजन गर्ने व्यवस्था छ । सोही अनुसार शनिबार (अगष्ट १) देखि लागु हुनेगरी मूल्य फेरि बढाउने तयारी गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको र भारतीय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाएको भन्दै मूल्य बढाउनुपर्ने निगमको तर्क छ । निगमले कति मूल्य बढ्छ भन्ने ख्ुलाएको छैन तर निगम स्र्रोतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसारको समायोजन यो पटक पनि लागु नहुन सक्छ । यसको अर्थ पेट्रोल, डिजेल र मट्टिलेतलमा ३ देखि ४ रुपैंया मूल्य बढ्नेछ । खाना पकाउने ग्यासको मूल्य समेत बढाउने निगमको तयारी छ ।
लकडाउनको समयमा एकैपटक १०/१० रुपैंया मूल्य घटाएर पेट्रोलको मूल्य १०६ रुपैंयाबाट ९६ रुपैंया तथा डिजेल र मट्टितेलको मूल्य ९५ रुपैंयाबाट ८५ रुपैंयामा झारेको थियो । तर लकडाउन खुल्दानखुल्दै फेरि जुलाई १ तारिखका दिन एकैपटक पेट्रोलमा ५ तथा डिजेल र मट्टितेलमा २/२ रुपैंया मूल्य बढाएर क्रमशः १०१ रुपैंया र ८७/८७ रुपैंया पुर्याएको थियो ।
तर त्यसको १० दिनमै निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैंया मूल्य बढायो । सो अनुसार अहिले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०२ रुपैंया र डिजेल तथा मट्टितेलको मूल्य १०२ रुपैंया र ८८/८८ रुपैंया छ ।
स्वचालित मूल्यप्रणाली अनुसार एकपटकमा २ प्रतिशत भन्दा मूल्य तलमाथि गर्न पाइँदैन । त्यस्तैगरी १ र १६ तारिखबाहेक अरु समयमा मूल्य समायोजन गर्न पनि पाइँदैन । तर निगमले एकैपटक ६ प्रतिशत मूल्य बढाएको र १० दिनमै मूल्य समायोजन गरेको भन्दै निगमप्रति सरोकारवालाहरुले असन्त्ष्टि जनाएका थिए । सोही कारण निगमले जुलाई १६ मा भने मूल्य फेरि समायोजन गरेन । सोही कारण निगमलाई ६ करोड रुपैंया घाटा भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाई छ ।
निगम स्रोतको अघिल्लो पटक मूल्य समायोजन नभएको सोही विषयलाई आधार बनाएर निगमले एकैपटक धेरै मूल्य बढाउने तयारी गरेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस