aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सुनको झोला फालेर तस्कर भागेपछी कमलादीबाट १५ किलो सुन बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
सुनको झोला फालेर तस्कर भागेपछी कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौँ । राजधानीको कमलादीबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । ठुलो परिमाणमा सुनको तस्करी हुँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले पछ्याए पछि तस्करले सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ । यसरी तस्करले फलेको झोलामा १५ किलो सुन जस्तो देखिने पहेँलो पदार्थ र दुई थान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिएका छन् । 

सो तस्करको समूहले प्रयोग गरेको गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकिएको बताइएको छ । आज बरामद भएको सुनको बजार मूल्य साढे १२ करोड भन्दा माथि रहेको छ। 

प्रतिक्रिया दिनुहोस