aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गम्भीर अर्थमन्त्रीको ठट्यौलो जवाफ - पोहोर खनेको जगमा घर बनाउन थालें

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
गम्भीर अर्थमन्त्रीको ठट्यौलो जवाफ - पोहोर खनेको जगमा घर बनाउन थालें

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले पपुलिष्ट बजेट ल्याएर उनले आफ्नो सैदान्तिक अडान कायम गर्न नसकेको आरोपको खण्डन गरेका छन् । विहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट सही र योजनाबद्ध रुपमा नै निर्माण गरेको बताएका हुन् ।

लोकतन्त्रमा जनतालाई धेरै पर्खाएर धैर्यताको बाँध फुट्ने वातावरण बनाउनु नहुने तर्क गर्दै उनले भने, “आफुले गरेका पपुलर कामलाई टिकाइराख्न र निरन्तरता दिन जग पनि बलियो बनाइ राख्नुपर्छ ।”

यस पटकको बजेट अघिल्लोपटकको बिकाश केन्द्रित बजेट भन्दा ठीक १८० डिग्री उल्टो लोकप्रिय बजेट आएको भन्ने प्रश्नको समेत उनले ठट्यौली  जवाफ दिएका छन् । “तपाईले शायद पोहोर घर बनाउन जग खन्दै गर्दा हेर्नु भएको थियो । त्यो बेला हामी तल तिर जाँदै थियौं । यसपटक त्यसमा घर बनाउन थाल्यौं अर्थात् माथि आउंदै गरेको देख्दा उल्टो जस्तो लाग्यो होला । तर, यथार्थ यो नै सुल्टो हो ।” खतिवडाको जवाफ थियो ।

खतिवडाले गतवर्ष आफुले पहिले जग बलियो बनाउने कुरा गरेको समेत स्मरण गराउंदै अहिले त्यहि अनुरुप बजेट विनियोजन गरेको बताए ।  

प्रतिक्रिया दिनुहोस