aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
सीआईबी

कल बाईपास गर्नेहरूसँग १२ अर्बको बिगो दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
कल बाईपास गर्नेहरूसँग १२ अर्बको बिगो दावी

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गैर कानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने व्यक्ति प्रहरी कारवाहीमा परेका छन् । अवैध रुपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआईपी) सञ्चालन भइरहेको सूचनाका आधारमा खोजतलास गरी छापा मार्दा यस्तो गर्ने व्यक्ति फेला परेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

प्रहरीकाअनुसार काठमाडौं जिल्ला खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रालि रहेको भवनमा अवैध रुपमा सञ्चालमा रहेको भिओआईपी उपकरण सहित हरिशंकर श्रेष्ठ पक्राउ परेका हुन् । भक्तपुर मध्यपुर ठिमीका स्थानीय बासिन्दा ३३ वर्षीय श्रेष्ठलाई साउन १२ गते आठ थान एनसेलका सिम प्रयोग गरी कलबाईपास गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । 

अवैध भिओआईपी विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोका कारवाहीमा हालसम्म ११२ ठाउँबाट २३ हजार ९ सय ८१ थान सिम र उपकरण सहित १३२ जना नेपाली नागरिक पक्राउ परेको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यसै गरी ३८ जना विदेशी नागरिक समेत पक्राउ परेका र पक्राउ परेका प्रतिवादी विरुद्ध १२ अर्ब २० करोडभन्दा बढीको बिगो माग दावी गरी अदालतमा मुद्दा दायरा गरिएको प्रहरी जनाएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस