aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले १७६ जना कर्मचारी माग्यो (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले १७६ जना कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले कारारमा कर्मचारी मागेको छ । बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि  करारमा दर्ता अपरेटरको माग गरेको हो । 

सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ।  १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ। 

सूचना प्रकासित भएको मितिले १५ दिन भित्रमा निवेदन दिन भनिएको छ । 

प्रतिक्रिया दिनुहोस