aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वैदेशिक रोजगारीमा नक्कली मागपत्र देखाएर ठगी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
वैदेशिक रोजगारीमा नक्कली मागपत्र देखाएर ठगी

काठमाडौं । सरकारले विभिन्न श्रम गन्तव्य देशहरुसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरुले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाईएको छ ।

सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाई गर्न थालेपछि थोरै युवालाई सिमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नाममा चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो ।

सरकारले १० रुपैयाँको सेवा शुल्क तोकेपछि एजेन्ट तथा केही म्यानपावरलाई धेरै पैसा लिएर थोरै पैसाको भरपार्य लिने अझ सजिलो भएको छ ।

१० हजार मात्र भरपाई लिएको प्रमाण नै युवा ठगिने मुख्य कारण रहे पनि सरकारले कुनै कदम चाल्न सकेको छैन् । आजको कारोबार दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस