काठमाडौं । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने भएको छ । रेलका लागि इन्जिन किन्नेसम्बन्धी सम्झौता भइसकेकाले आगामी असोजबाट रेल सञ्चालनमा आउने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्राकारले जानकारी दिए ।
'एक अर्ब रुपैयाँ खर्चिएर इन्जिन किन्न लागिएको हो,' चित्रकारले भने, 'नेपाल र भारतका सरकारबीच खरिदबिक्री हुने भएकाले प्रक्रिया मिलाउन समय लागेको हो र यसले रेल सञ्चालनमा केही समय लागेको हो ।' आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस