aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रहरी समायोजन प्रस्ताव स्वीकृत, महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
प्रहरी समायोजन प्रस्ताव स्वीकृत, महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरिने

काठमाडौं । प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ। सातै प्रदेशमा डीआईजी नै प्रमुख रहने गरि समायोजन प्रस्ताव स्वीकृत भएको छ । त्यस्तै उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ ।  महानगरीय प्रहरी कार्यालयलाई काठमाडौँ, भक्तपुर र ललितलपुरको शान्तिसुरक्षाको जिम्मा दिइएको छ ।

महानगरीय प्रहरी कार्यालयको नाम भने परिवर्तन गर्ने गरि समायोजन प्रस्ताव स्वीकृत भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको सुरक्षा व्यवस्थापन केन्द्र मातहत नै राखिने र कानुनी अड्चन भए त्यसको समाधान गरिने बताएपछि सहमति जुटेको वताइएको छ।

प्रधानमन्त्री केपी  ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशमा आन्तरिक मामिला मन्त्री तथा प्रहरी महानीरिक्षक शैलेश थापासहितको आज बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो। प्रस्ताव स्वीकृत भएसँगै अब प्रहरी समायोजनको बाटो खुलेको छ।

नेपाल प्रहरी र प्रदेश प्रहरी समायोजन, समन्वय र कार्यसञ्चालन सम्बन्धि कामको समन्वय गर्न गृहमन्त्रीको अध्यक्षतामा गृहसचिव, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको प्रहरी समन्वय समिति बनाइएको छ।

गृहसचिव नेतृत्वको समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन सम्बन्धमा तयार पारेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण खाकामा राजधानीको सुरक्षा व्यवस्थापन संघीय सरकार मातहत नै हुनुपर्ने प्रस्ताव गरेको थियो।


 

प्रतिक्रिया दिनुहोस