काठमाडौं । पोखरामा मापदण्डविपरीतका गगनचुम्बी भवन निर्माण हुने क्रम नरोकिएको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पोखराको लेकसाइडमा मापदण्डविपरीत निर्माण भएको एक होटलको उद्घाटन गर्ने तयारी गरिएको छ ।
पोखरामा मापदण्डविपरीत निर्माण भएको स्विस इन्टरनेसनल होटल सरोवरको प्रधानमन्त्री ओलीबाट भोलि (शनिबार) उद्घाटन गर्ने तयारी गरिएको हो ।
जनवरी १० तारिखदेखि सफ्ट ओपनिङ गरिएको उक्त होटलको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तयारी गरिएको होटलका अध्यक्ष प्रा.डा. भरतराज पहारीले बताए । पोखरा महानगपालिकाले दिन मिल्ने होटलको तलाको मापदण्ड लिएको उनले बताए ।
पोखराको लेकसाइडमा भुइँ तलासहित १० तले उक्त होटलले पोखरा महानगरबाट तीन तलाभन्दा माथिको तलाको मान्यता नै नलिई सञ्चालन भएको अवस्थामा प्रधानमन्त्री नै उक्त होटल उद्घाटन गर्ने कुरा बाहिर आएपछि पोखरेलीहरुले यस विषयमा बहस सुरु गरेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस