
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो ।
'थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने ।
यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ । संचार,सवारी शाखा लगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो । यससँगै देशभर संक्रमित प्रहरीको सङ्ख्या २ सय २१ पुगेको छ ।
बिगत एक हप्ता अघिदेखि प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरूमा कन्ट्याक ट्रेसिङ र परिक्षणकाे क्रम जारी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस