aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जोखिम रोक्न भन्दै सुनको कारोबारमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
जोखिम रोक्न भन्दै सुनको कारोबारमा रोक

एजेन्सी। चिनियाँ नियामक र प्रमुख बैंकहरूले घरेलु लगानीकर्ताहरूलाई बहुमूल्य धातुको कारोबार गर्नबाट रोक्न केही कडा नियमहरू बनाएका छन्। यस वर्षको तेल व्यापारमा देखिएको दुर्घटना सुनमा समेत दोहोरिन सक्ने अनुमान र डरका कारण यस्तो कडाइ गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्यधिक रूपमा बढेपछि यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे चिन्ता बढेको छ। बजारमा सुरक्षित लगानीको रूपमा आम लगानीकर्ताहरूले महँगा धातुहरूलाई रोजेपछि चीनले बजार नियाँत्रन्को प्रयास गरेको हो। बढ्दो कोरोनाभाइरसका मुद्दा, उच्च इक्विटी मुल्यांकन र अमेरिकी डलरको गिरावटले सुनको मूल्यलाई एकोहोरो उकालो लगाई रहेको छ।

संयुक्त राज्य अमेरिका र चीनबिचको गहिरिँदो दरार पनि लगानीकर्ताहरूलाई सुनको तर्फ आकर्षित गर्ने मुख्य कारक भएको छ।

चीनको  सबैभन्दा ठुलो ऋण प्रवाह गर्ने चीनको औद्योगिक तथा  वाणिज्य बैंक (आईसीबीसी) ले बुधवार आफ्ना ग्राहकहरूलाई प्लेटिनम, प्यालाडियम र शुक्रवारदेखि बहुमूल्य धातुसँग जोडिएको व्यापार तथा कारोबार गर्न नयाँ ट्रेडिंग एकाउन्ट खोल्न प्रतिबन्ध लगाएको छ। त्यो निर्देशन दिने बैंकको कर्जा तथा ग्राहक सेवा विभागका अनुसार, " मूल्य अस्थिरता" र "जोखिम नियन्त्रण गर्न " यस्तो नीति अवलम्बन गरिएको हो।

एग्रीकल्चरल बैंक अफ चाइनाले भनेको छ कि उसले  सुनसँग सम्बन्धित नयाँ व्यवसायलाई निलम्बित गरेको छ। जबकि बैंक अफ चाइनाले प्लेटिनम र प्यालेडियम व्यापारका लागि नयाँ खाता खोल्न रोकेको छ।

मङ्गलबार शंघाई गोल्ड एक्सचेन्जले सुन र चाँदीको थोक उच्च रहेको जनाउँदै लगानीकर्तालाई जोगाउन यो जोखिम नियन्त्रणको उपाय हुने विश्वास गरेको छ । शंघाई फ्यूचर्स एक्सचेन्ज जहाँ सुन र चाँदीको थोक कारोबार हुन्छ  त्यसले पनि आफ्ना सदस्यहरूलाई जोखिम-व्यवस्थापन प्रयासलाई मजबुत बनाउन र तर्कसंगत लगानी गर्न आग्रह गरेको छ।

“सीमित लगानी च्यानलका कारण चीनमा सुनमा मुख्य लगानी गर्ने गरिएको छ” शंघाईको ह्विन वेल्थ म्यानेजमेन्टका विश्लेषक फ्रान्क हाओले भने, "लगानीकर्ताहरू मुख्यतया जोखिमलाई रोक्नको लागि वाणिज्य बैंकहरूमा गएर सुनमा लगानी गर्ने गर्दछन्  ।"

प्रतिक्रिया दिनुहोस