
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।
विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
यस आईपीओ खरिदका लागि सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ । आईपीओ पश्चात संस्थापकतर्फ ७० र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकिकृत गरी नेपालको विकासमा योगदान पु¥याउने उदेश्यले यो कम्पनी विक्रम सम्बत् २०६९ साल भदौ ३१ गते स्थापना भएको हो ।
यस कम्पनीमा गैरआवासिय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट, र बर्तमान अध्यक्ष कुमार पन्त लगाएत ७९५ जना अन्य गैरआवासिय नेपालीहरुको लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस