aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विपत्त‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
विपत्त‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिइने

काठमाडौं । सरकारले बाढी, पहिरोजस्ता विपत्तमा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले  उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराउँदा कसैलाई दोहोरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति भएकोले एकद्वारा प्रणाली अपनाइएको बताए । 

प्रतिक्रिया दिनुहोस