aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बिदेश पठाइदिन्छु भन्दै १८ लाख ठग्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
बिदेश पठाइदिन्छु भन्दै १८ लाख ठग्ने पक्राउ

काठमाडौं । चेक रिपब्लिक पठाईदिन्छु भन्दै १८ लाख भन्दा बढी ठग्ने रमेश कमरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद एघार लाख तेह्र हजार ठगी गरी सम्पर्क विहीन भई फरार रहेको जनाएकाे छ ।

प्रहरीमा उजुरी पर्दा ११ लाख मात्र ठगेकाे परेपनि खाेजतलास गर्दा अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भन्दै १८ लाख मात्र ठगी गरेको खुल्न आएको जनाएकाे छ ।

कमरलाई महाशाखाबाट खटिइएको प्रहरी टोलीले बुधबार दिउसो बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको छ । 

प्रतिक्रिया दिनुहोस