
काठमाडाैं । सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई सहुलियतमा चिनी आयात गर्न अनुमति दिएको छ ।
सरकारी कम्पनीहरुले सहुलियत र सस्तो चिनी उपलब्ध गराउनका लागि भन्सार छुटमा चिनी आयातका लागि विशेष निर्णय गरेर अनुमति दिएको हो ।
साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई कम्पनीलाई गरी ३० हजार टन चिनी आयात गर्नका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका हुन् ।
यी दुई कम्पनीले चीन आयात गर्दा ५० प्रतिशत भन्सार छुट पाउने छन् ।
प्रतिक्रिया दिनुहोस