काठमाडौं । रेडक्रसको काम कारबाही पारदर्शी नभएको हुँदा केन्द्रीय कार्यसमिति भंग गरिएको सरकारले जनाएको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले रेडक्रसका गतिविधि लामो समयदेखि विवादित बन्दै गएकाले सरकारले रेडक्रसको कार्यसमिति भंग गरेको बताए।
विशेष गरी भुकम्पपछिको रेडक्रसको काम कारबाहीमा आर्थिक पारदर्शीता नभएको र स्वीकृति विना नै विदेशी सहायता परिचालन गरेको देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्जीव थापा नेतृत्वमा रहेको रेडक्रसको केन्द्रिय कार्यसमित भंग गर्दै डा. नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।
उक्त तदर्थ समितिले उपयुक्त समयमा चुनाव गरेर नयाँ कार्यसमिति चयन गर्ने अर्थमन्त्री डा। खतिवडाले बताए।
प्रतिक्रिया दिनुहोस