aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

१५ किलो ‘सुन’ प्रकरणमा डीएसपी दाहाल जिम्मेवारीबाट हटाइए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
१५ किलो ‘सुन’ प्रकरणमा डीएसपी दाहाल जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।

१५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो ।

यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने नसकेकाे जानकारी दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस