aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

निजी अस्पतालमा कोरोना उपचार शुल्क निर्धारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
निजी अस्पतालमा कोरोना उपचार शुल्क निर्धारण

काठमाडौं । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।

सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शुल्क तोकेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा तह एक, दुई र तीन श्रेणीको अस्पताल तोकेर सङ्क्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन तीन हजार पाँच सय, मध्यम खालको अवस्थामा सात हजार र जटिल अवस्था भए १५ हजारसम्म रुपियाँ लिन पाउने गरी शुल्क तोकिएको बताए । 

कोरोना उपचारका लागि सूचीकृत नभएका तर शङ्कास्पद बिरामीको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको जानकारी उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस