aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

त्रिवि परीक्षाः स्नातक तहको परीक्षा शुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
त्रिवि परीक्षाः स्नातक तहको परीक्षा शुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । 

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो । 

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस